समाज

कहाँ-कहाँ छ मनसुनी वायुको प्रभाव ?

इकागज |
असार ७, २०७९ मंगलबार ६:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालका चार  वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ ।

अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।


बिहान प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 


Author

थप समाचार
x