समाज

एपीएफ अस्पतालकी डा. गुरुङलाई गृह मन्त्रालयमा हाजिर हुन सात दिने सूचना

इकागज |
असार ७, २०७९ मंगलबार ९:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- गृह मन्त्रालयले एपीएफ अस्पतालका डा. अन्जु गुरुङलाई हाजिर हुनलाई आग्रह गरेको छ । उनलाई  ७ दिन भित्रमा मन्त्रालयमा हाजिर हुन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

गत चैत १ देखि अस्पतालमा हाजिर नभइ लामो समयसम्म सम्पर्कविहीन रहेकाले हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ । जेठ १८ गतेको गोरखापत्रमा हाजिर हुन आउनु भनी गरिएको सूचनालाई समेत  व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।


सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को उप खण्ड (ज) बमोजिमको कसुरमा ऐ नियमावली नियम ११० को खण्ड (ख)  (१)  बमोजिमको विभागीय कारबाही किन नदिने ? दिनु नपर्ने भए मन्त्रालयमा ७ दिन भित्रमा हाजिर हुनुपर्ने मन्त्रालयले प्रस्ट पारेको छ ।


Author

थप समाचार
x