समाज

बेतलबी बिदामा बसेका इन्जिनियरलाई स्पष्टीकरण पेश गर्न भौतिक मन्त्रालयको आग्रह

इकागज |
असार ७, २०७९ मंगलबार १०:३ बजे

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रलायले इन्जिनियर प्रकाश घिमिरेलाई स्पष्टीकरण सोधेको छ । उनी तीन वर्षका लागि बेतलबी बिदा लिएर बसेको समयावधि भन्दा बढी बिदा बसेकाले मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

उनले २०७५ साउन १६ गतेबाट २०७८ साउन १५ गतेसम्मका लागि बिदा स्वीकृत गराएका थिए ।


साउन १६ गतेबाट कार्यालयमा हाजिर हुनुपर्ने थियो तर, ९० दिनभन्दा बढी दिन भइसक्दा पनि हाजिर नभएकाले निजामती सेवा ऐन २०४९ को दफा ६१ (१)  (छ) कसुरमा सोही ऐनको दफा ५९ (ख) (१)  बमोजिम भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवामा हटाउने तर्फ कारबाही गर्ने क्रममा सूचना जारी गरेको १५ दिनमा मन्त्रालयमा हाजिर हुन मन्त्रालयले आग्रह गरेको छ ।


Author

थप समाचार
x