समाज

कास्कीमा बिहानै भूकम्पको धक्का

इकागज |
असार ९, २०७९ बिहीबार ७:२० बजे

काठमाडौं - कास्कीमा बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ः ५६ बजे धम्पुसलाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

कास्की र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x