समाज

सिसडोलको फोहोरबाट निस्किएको 'लिचेट' बिरुवामा प्रयोग गर्न मिल्ने

इकागज |
असार १०, २०७९ शुक्रबार ८:५९ बजे

तस्बिरः मेयर बालेन्द्र शाहको फेसबुकबाट

काठमाडौँ- सिसडोलमा राखिएको फोहोरबाट निस्कने 'लिचेट' हटाउन काठमाडौँ महानगरपालिकाले परीक्षण सुरु गरेको छ । नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्‍ठानले घुलित पदार्थ हटाउन विभिन्न रसायन विधि र मात्रा निर्धारणको काम सुरु गरेको हो ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लिचेटको फरक फरक अनुपातमा विभिन्न मात्राको एडजरर्वेन्टहरूको प्रयोग गरी प्रारम्भिक परीक्षणले प्रभावकारी काम गरेको बताएका छन् ।


वर्षातको भएकाले लिचेट आफैमा पानीको मात्रा प्रशस्त भएर पातलो हुने उनको भनाइ छ । उनले भने,' खोलामा पनि पानीको मात्रा धेरै हुने भएकाले तत्कालको लागि नर्कट लगायतका अन्‍न बिरुवा उमार्ने र थप फिल्टर गरेर खोलामा मिसाउने गरि योजना तयार हुँदैछ ।'

लिचेटको दीर्घकालिन रुपमा समाधानका निम्ति उपयुक्त प्रविधिमार्फत व्यवस्थापन गर्ने गरि योजना तयार भइरहेको उनले थप प्रस्ट पारे ।

 

 


Author

थप समाचार
x