समाज

मौसम पूर्वानुमान

थप दुई प्रदेशमा मनसुन प्रवेश : यी क्षेत्रमा आज पानी पर्ने सम्भावना

इकागज |
असार ११, २०७९ शनिबार ६:३१ बजे

फाइल तस्बिर

काठमाडौँ - यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको हो । 

हाल देशभर सामान्य बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।


आज दिउँसो देशभर सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानमा र बाँकी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 नेपालको प्रदेश नं १ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो । यससँगै मनसुन प्रवेश भएको प्रदेश छवटा पुगेको छ ।

यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
 


Author

थप समाचार
x