समाज

पाेखराका ठाउँ-ठाउँमा पहिराे र डुबान

इकागज |
असार ११, २०७९ शनिबार १०:५४ बजे

पाेखरा - अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ । शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुबेकाे छ ।

पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएकाे वडाध्यक्ष माेतीराज तिमिल्सिनाले जानकारी दिए ।


बस्तीसँगै ब्यावसायिक फार्महरूमा पूर्ण क्षति भएकाे उनकाे भनाइ छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खाेलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ ।

मानवीय क्षति भने भएकाे छैन । अन्य क्षेत्रका पनि सडक बगाएकाे छ । यातायात अबरुद्द भएकाे प्रहरीले जनाएकाे छ ।


Author

थप समाचार
x