समाज

भगवान्‌को शिरमा पनि प्वालै-प्वाल ! (तस्बिरहरू)

इकागज |
असार ११, २०७९ शनिबार १३:३१ बजे

काठमाडौँ - संघीय राजधानी काठमाडौँलाई मन्दिरै मन्दिरको सहर पनि भनिन्छ। काठमाडौँका पाइला पाइलामा अनेकौँ देवी देवताका मन्दिर र मूर्ति भेटिन्छन् ।


यहाँका कतिपय मूर्तिहरूको अवस्था दयनीय छ । कतै फुटपाथमा हिँड्दा-हिँड्दै पाइलामा भगवान्का‍ मूर्ति ठोकिन्छन् । कतै ढल्नै लागेको मन्दिर, पानीले खिइएका मूर्ति, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि छन् । कतै मूर्तिमा प्वालै-प्वाल छन् । यो भौतिक दुनियामा भगवान्को अस्तित्व छ कि छैन ? आम मान्छेले भगवान् मानेर पूजिरहेका मूर्ति भने सुरक्षित छैनन् । 

मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको छ । तर संरक्षण भने अझै भएको छैन ।

 

तस्बिर : न्युज एजेन्सी नेपाल


Author

थप समाचार
x