समाज

लोक सेवाले लिएको परीक्षा वायुसेवा निगमद्वारा रद्द

इकागज |
असार १४, २०७९ मंगलबार १०:२ बजे

फाइल तस्बिर

काठमाडौँ- लोक सेवा आयोगद्वारा लिएको परीक्षा नेपाल वायुसेवा निगमले रद्द गरेको छ । निगमको पदपूर्ति समितिको गत असार १२ गते बसेको बैठकले परीक्षा र यसअघि प्रकाशन भएको विज्ञापनसमेत रद्द गर्ने निर्णय गरेको हो । 

सर्वोच्च अदालतले २०७७ फागुन १० गतेको फैसला, लोकसेवा आयोगको २०७९ जेठ २६ गतेको निर्णय अनुसार निगमले उक्त परीक्षा र विज्ञापन रद्द गरेको जनाएको छ । आयोगले लिइसकेको परीक्षा नतिजा प्रकाशित हुन बाँकी रहँदा निगमले विज्ञापन रद्द गरेको हो ।



Author

थप समाचार
x