समाज

पानी निकास नहुँदा धनगढीका विभिन्न क्षेत्र डुबानमा

इकागज |
असार १५, २०७९ बुधबार ७:१६ बजे

कैलाली - मंगलबार रातिदेखि परेको वर्षाका कारण पानी निकास नहुँदा धनगढीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। संरचना निर्माण गर्दा निर्माण सामाग्री सडकमै नाली पुरेर राख्ने, नालीको पानीको उचित ब्यबस्थापन नहुदा सामान्य झरिमा समेत यहाँका अधिकांस भुभाग डुबानमा पर्दै आइरहेको छ ।


डुबानका कारण बिहानै स्कुल तथा क्याम्पस जानुपर्ने विद्यार्थीलगायत सर्वसाधारण आवतजावत गर्न समस्या भएको छ। धनगढी बजार क्षेत्रको सडकमा पानी जमेर सडक अवरुद्ध भएको छ। बजारमा जमेको पानी खोलासम्म पुग्ने निकास नभएकाले बजार डुबानमा परेको हो।


Author

थप समाचार
x