समाज

संघ र प्रदेशको चुनाव कात्तिकको अन्तिममा वा मंसिरको पहिलो साता गर्ने आयोगको तयारी

इकागज |
असार १५, २०७९ बुधबार ९:४० बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघ र प्रदेशको निर्वाचन कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो सातामा गर्नेगरी निर्वाचन आयोगले तयारी गरेको बताएका छन् । बुधबार निर्वाचनमा समिक्षा कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको निर्वाचनका लागि आयोगले तयारी गरिरहेको बताएका हुन् ।

'संघ र प्रदेशको निर्वाचन कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो सातामा गर्नेगरी तयारी गरिरहेका छौँ' थपलियाले भने ।


त्यस्तै निर्वाचनमा हुने जटिलता चिर्नका लागि दुई वटा नयाँ कानुन निर्माणका लागि विधेयक मस्यौदामा आयोगले गृहकार्य गरिरहेको थपलियाले बताए ।


Author

थप समाचार
x