समाज

देशका अधिकांश स्थानमा ठूलो पानी पर्ने, सतर्क रहन आग्रह

इकागज |
असार १६, २०७९ बिहिवार ६:२६ बजे

काठमाडौँ - हाल देशभर मौसममा सामान्य बदली रही धेरै स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


 हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ । 

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 


Author

थप समाचार
x