समाज

दुर्घटना हुनबाट जोगिए कांग्रेस उपसभापति गुरुङ

इकागज |
असार १६, २०७९ बिहीबार ९:४३ बजे

काठमाडौं - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् । आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको उनी सवार गाडी अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले जानकारी दिए । आफू सकुशल रहेको उनले जानकारी दिएका छन् । गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी सडक किनारबाट थोरै तल झरेको थियो । 

‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो । तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो,' उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्, 'भगवानको कृपाले हामी सबै सकुसल छौँ ।’


गाडीमा उपसभापति गुरुङसहित पाँच जना सवार थिए ।
 


Author

थप समाचार
x