समाज

पोखरा महानगरले तोक्यो खाद्यान्न र तरकारीको बिक्री मूल्य

इकागज |
असार १७, २०७९ शुक्रवार १४:३३ बजे

पोखरा । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र हुने मुख्य उत्पादनको बिक्री मूल्य तोकेको छ । लगानी र मेहिनतको मापदण्डको आधारमा २३ वटा उत्पादनको न्युनतम समर्थन मूल्य निर्धारण गरिएको हो । उपमेयर मन्जुदेवी गुरुङले मूल्यसूची सार्वजनिक गरेकी हुन् ।

पोखराको पहिचानका रुपमा रहेको जेठोबुढो धान, मकै, गहुँ, कोदो, फापर, कागुनो, तोरी, काउली, बन्दा, रायोसाग, गोलभेडा, सिमी, घिरौंला, काँक्रो, करेला, आलु, अदुवा, खुर्सानी, लसुन, प्याज, कार्पमाछा, मह र च्याउको मूल्य निर्धारण गरिएको हो ।


महानगरले तोकेको मूल्यअनुसार पोखरेली जेठोबुढो धान प्रतिकिलो ९० रुपैयाँ छ । मह ७५० रुपैयाँ प्रतिकिलो छ भने खुर्सानी ५२ रुपैयाँ किलो तोकिएको छ । तर, पोखरा महानगरले तोकेको मूल्यमा उक्त उपज पाउन मुस्किल छ । यहाँका मण्डीहरूमा निकै महंगो तिरेर उपभोक्ताले खाद्यान्न तथा तरकारी खरिद गर्न बाध्य छन् ।

 


Author

थप समाचार
x