समाज

महानगरले मकै बेच्दा गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता बस्नेतको सहयोग

इकागज |
असार १९, २०७९ आइतबार १७:१ बजे

काठमाडौँ - काठमाडौंको बालुवाटारमा मकै बिक्री गर्ने क्रममा काठमाडौं महानगरले गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता मोहन बहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन् । 

सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्नेतसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । 


नगरपालिकाले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताए । उनले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवातजावतमा समस्या नहुने गरि व्यवसाय गर्न सुझाव दिए । 

त्यस्तै चेतेन्द्र आचार्यले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो गाडा उठाइएको गुनासो गरे । 

मन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरुको गाडा जफत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 


Author

थप समाचार
x