समाज

पानी तान्ने मोटरबाट करेन्ट लागेर वृद्धको मृत्यु

इकागज |
असार २०, २०७९ सोमबार २१:५ बजे

फाइल फोटो

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा करेन्ट लागेर १ जना वृद्धको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय ६५ वर्षीय मन्तु चौधरीले पानी तान्ने मोटर जडान भएको ट्युबवेल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए । 

घाइते चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।  घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।



Author

थप समाचार
x