समाज

आँखा पोल्ने समस्याले नागरिक हैरान

प्रदूषणले फेरि ढाक्यो काठमाडौँको आकाश

इकागज |
चैत २४, २०७७ मंगलबार ८:३० बजे

काठमाडौँ : वायु प्रदूषणले फेरि काठमाडौँको आकाश ढाकेको छ । उपत्यकाका तीनै जिल्लामा बाक्लो तुवाँलो लागेको छ भने मौसम बदली हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार उपत्यकासहित कर्णाली र सुदुरपश्चिमको मौसम बदली हुनेछ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले वायु प्रदूषणका कारण मौसम बदली हुने भएपनि तत्काल यो समस्या नहट्ने बताएको छ । मौसमविद राजु प्रधानाङ्गले अझै एक हप्तासम्म तुँवालो हट्ने सम्भावना कम रहेको उनले बताए । 


वायु प्रदूषणका कारण बाहिर हिड्दा आँखा पोल्ने, श्वासप्रश्वास गर्न गाह्रो हुने जस्ता समस्याले नागरिक हैरान भएका छन् । विज्ञहरुले भने प्रदूषणको बेला सकेसम्म घरमै बस्न सुझाव दिएका छन् । 


 


Author

थप समाचार
x