समाज

प्रदूषण न्युनिकरणका लागि ३३ पोखरीको पदयात्रा

इकागज |
चैत २४, २०७७ मगलवार १०:२७ बजे

फाइल फोटो

काठमाडौँ : बढ्दो प्रदूषण न्युनिकरण गर्न भक्तपुरमा ३३ पोखरी पदयात्रा गरिने भएको छ । बढ्दो प्रदूषणमा वातावरण संरक्षणका लागि चेतनामुलक सन्देश फैलाउँदै भक्तपुरमा ३३ पोखरी पदयात्रा गर्न लागिएको हो ।

धेरै सवारी साधन चलाउनेले प्रदूषण बढेको भन्दै पदयात्रा गर्न लागिएको ३३ पोखरी पदयात्रा समितिले जनाएको छ । नयाँ वर्ष २०७८ को अवसरमा बैशाख १ गते तीन घण्टा लामो पदयात्रा हुनेछ ।


समितिका अनुसार भक्तपुरको माहेश्वरी मन्दिरबाट पदयात्रा सुरु हुनेछ । पदयात्राका क्रममा भक्तपुरका विभिन्न ३३ वटा पोखरीको अवलोकन हुने समितिले जनाएको छ । पदयात्रामा सहभागीताका लागि आह्वान समेत गरिएको छ । 


Author

थप समाचार
x