पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको मृत्यु
प्रतिकात्मक तस्बिर
सुर्खेत - दैलेखको दुल्लुमा सिचाईंका लागि जम्मा गरिएको पानी ट्याकींमा डुबेर एकै घरका दुई दाजुबहिनीको मृत्यु भएको छ । सोमबार बेलुका दुल्लु नगरपालिका ८ कर्णाली खोला छेउमा सिचाईंको लागि जम्मा गरिएको ट्याङकीमा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुल्लु नगरपालिका-३ सियाला बस्ने बखत महतका १२ वर्षीय छोरा दिनेश महत र ९ वर्षीया छोरी अनिता महतको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए । उनका अनुसार प्रहरीले मुचुल्का उठाएर शव पोष्टमाटमको लागि दुल्लु ल्याएको छ ।
‘ती बालबालिकाका बुवाआमाहरू खेतमा काम गर्न जानुभएको रहेछ’ शाहले भने, ‘त्यतिबेला उनीहरू पौडी खेल्न जाँदा मृत्यु भएको हुन सक्ने अनुमान गरेका छौ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया