समाज

पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको मृत्यु

लक्ष्मी भण्डारी |
साउन ३, २०७९ मंगलबार १२:४६ बजे

प्रतिकात्मक तस्बिर

सुर्खेत - दैलेखको दुल्लुमा सिचाईंका लागि जम्मा गरिएको पानी ट्याकींमा डुबेर एकै घरका दुई दाजुबहिनीको मृत्यु भएको छ । सोमबार बेलुका दुल्लु नगरपालिका ८ कर्णाली खोला छेउमा सिचाईंको लागि जम्मा गरिएको ट्याङकीमा  डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

दुल्लु नगरपालिका-३ सियाला बस्ने बखत महतका १२ वर्षीय छोरा दिनेश महत र  ९ वर्षीया छोरी अनिता महतको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए । उनका अनुसार प्रहरीले मुचुल्का उठाएर शव पोष्टमाटमको लागि दुल्लु ल्याएको छ । 


‘ती बालबालिकाका बुवाआमाहरू खेतमा काम गर्न जानुभएको रहेछ’ शाहले भने, ‘त्यतिबेला उनीहरू पौडी खेल्न जाँदा मृत्यु भएको हुन सक्ने अनुमान गरेका छौ ।’


Author

थप समाचार
x