समाज

सुदूरपश्चिमका तीन जिल्लाका मुख्य राजमार्ग अवरुद्ध

इकागज |
साउन ४, २०७९ बुधवार ९:३३ बजे

कैलाली - अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका चार ठाउँका मुख्य राजमार्ग अवरुद्ध भएको छ । दार्चुला, बैतडी र बझाङमा पहिरोले मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा समेत ठप्प भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी प्रबिण धितालले दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए । 


त्यस्तै बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा सेती नदीले कटान गरेपछि सडक अवरुद्ध भएको बताउदै एसपी धितालले सडक डिभिजन कार्यालयको सहयोगमा सडक सुचारु गर्ने तयारी गरिरहेको बताए । 

सडक अबरुद्ध हुँदा सयौ यात्रु बाटोमा अलपत्र परेका छन् ।


Author

थप समाचार
x