समाज

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल हावी

इकागज |
चैत २६, २०७७ बिहिवार ११:१० बजे

काठमाडौँ : नेपाल पत्रकार महासंघको चुनावी मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो अपडेटअनुसार पत्रकार महासंघ, रुकुम पश्चिम शाखाको अध्यक्षमा लक्ष्मण केसी विजयी भएका छन् । यस्तै सचिवमा हिरा परियार विजयी भएकी छिन् ।

रुकुम पश्चिममा पनि प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन थियो । यस्तै रुपन्देहीमा प्रेस युनियनका रामराज पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् । सप्तरीमा पनि प्रेस युनियनका श्रवणदेवको प्यानल विजयी भएको छ ।


बाजुराको अध्यक्षमा छक्कबहादुर मल्लसहितको प्यानल विजयी भएको छ । यस्तै पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्षमा किरणमान बज्राचार्य विजयी भएका छन् । चितवनमा नारायण अधिकारीको प्यानल विजयी भएको छ ।

पछिल्लो मतगणना अनुसार लोकतान्त्रिक प्यानलबाट विपुल पोखरेलको टिमले धेरै ठाउँमा जित हासिल गरेको छ । प्रेस चौतारीबाट उम्मेद्वार बनेकी निर्मला शर्माको प्यानल पछाडि परेको छ । अध्यक्षमा गजेन्द्र बुढाथोकीले पनि केही मत पाएका छन् । 


Author

थप समाचार
x