समाज

उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण

इकागज |
साउन १३, २०७९ शुक्रबार १०:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ ।

पोखराबाट काठमाडौँका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो ।


उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो ।

पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो । 


Author

थप समाचार
x