समाज

धनगढी र पोखरामा प्रदूषण बढ्यो

इकागज |
चैत २७, २०७७ शुक्रवार १२:३७ बजे

काठमाडौँ : पछिल्लो केही दिनयता काठमाडौँमा प्रदूषण घटेपनि धनगढी र पोखरामा भने प्रदूषण बढेको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वायु गुणस्तर निगरानी एकाईका अनुसार शुक्रबार बिहानैदेखि धनगढी र पोखरामा स्वास्थ्यका लागि हानिकारक हुने तहभन्दा माथि प्रदूषण बढेको छ ।

पोखराका साथै बाराको सिमरा, काठमाडौँको रत्नपार्क र ललितपुको भैँसेपाटीमा पनि प्रदूषण बढ्दो छ । बिहीबार केही ठाउँमा पानी र हावा चलेका कारण काठमाडौँ उपत्यकाको प्रदूषण भने केही घटेको छ ।


तर काठमाडौँको रत्नपार्क, पोखरा, धनगढी, सिमरा लगायतका ठाउँमा प्राय प्रदूषण बढ्दो मात्रामा देखिन्छ । प्रदूषण बढेकाले सचेत रहन वातावरण विभागले आग्रह गरेको छ । 

 

 


Author

थप समाचार
x