चक्रवर्ती ल क्याम्पसमा शुल्क वृद्धिविरुद्ध आन्दोलन अझै जारी
काठमाडौं– चक्रवर्ती ल क्याम्पसले बि.ए.एल.एल.बिको शुल्क बढाएकोमा विद्यार्थीहरुले विरोध गरेका छन् । क्याम्पसले ७ लाखबाट १० लाख ७० हजारमा वृद्धि गरेपछि विद्यार्थीहरुले त्यसको विरोध गरेका हुन् ।
यी विषयमा क्याम्पससँग वार्ता गर्न खोज्दा सो समयमा विद्यालयले बाहिरका गुण्डा र बाउन्सरहरु ल्याएको आरोप विद्यार्थीहरुले लगाएका छन् । साे पछि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । शूल्क वृद्धिको विरोधमा प्रदर्शन गर्दा प्रहरीहरुले ६–७ जना विद्यार्थीमाथि दमन गरेको थियो ।
संयुक्त विद्यार्थी आन्दोलन भने पनि अन्तमा नेपाल विद्यार्थी संघले मात्रै आन्दोलन गरेको थियो । जसमा नेपाल ल क्याम्पस, नेसनल ल कलेज र चक्रवर्ती ल क्याम्पसका ने.वि.संघका विद्यार्थी मात्रै थिए । विरोध अझै जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया