समाज

बेलकाेटगढी केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प

इकागज |
साउन २१, २०७९ शनिवार ६:७ बजे

काठमाडौं - नुवाकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका अनुसार शनिबार बिहान पाँच बजेर २७ मिनेटमा नुवाकोटकको बेल्कोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो । 

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लमा समेत महसुस गरिएको थियो ।  


यसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन । 
 


Author

थप समाचार
x