समाज

मेलम्ची पाइप विस्तार : एडीबीको काम सकियो, नेपाल सरकारको टन्‍नै बाँकी

नयाँ संरचना बनाए मेलम्चीको पानी काठमाडौँमा ल्याउन दुईदेखि तीन वर्ष लाग्‍ने

अतिन आचार्य |
साउन २३, २०७९ सोमवार ७:६ बजे

काठमाडौँ- महत्त्वपूर्ण परियोजना मानिएको मेलम्ची खानेपानी आयोजना अन्तर्गत पाइप बिछयाउने काम एशियाली विकास बैंकको सहयोगमा सम्पन्‍न भइसकेको छ । एडिबीको लगानीमा एक हजार दश किलोमिटर सम्ममा पाइप राख्ने काम सम्पन्‍न भएको हो ।

आयोजनाको पानी वितरण गर्न पुरानो पाइप बिछ्याउने परियोजना अन्तरगत निर्माणाधीन १ हजार किलोमिटर क्षेत्रको काममा ७६० किलोमिटरको क्षेत्रमा पाइप बिछयाउने काम सम्पन्‍न भइसकेको छ  । सरकारको लगानीमा कुल ७६० किलोमिटर मध्ये हालसम्म २६० किलोमिटरमा मात्र पाइप बिछयाउने काम भइरहेको छ । चक्रपथभित्र बिछ्याउने काम ५ सय किलोमिटरमा मात्र पाइप बिच्छ्याउन बाँकी रहेको छ ।


नयाँ योजना अन्तर्गत कूल ७६० किलोमिटर मध्ये २५० किलोमिटरमा पाइप बिच्छ्याइएको खुलेको छ ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का उपनिर्देशक चन्द्र कुमार पाँ श्रेष्ठले वर्षाको समय र विभिन्‍न कारणले केही ढिलो भइरहेको बताए ।

नेपाल सरकारको लगानीमा ७६० किलोमिटर मध्येमा २१० किलोमिटरमा पाइप बिछयाउने काम सकिएको छ । एशियाली विकास बैंकको सहयोगमा पुरानो पाइप बिछयाउने काम सम्पन्‍न भइसकेको छ । नेपाल सरकारको लगानीमा सुरु भएको ७६० मध्ये किलोमिटर मध्ये २५० किलोमिटर सम्पन्‍न भएको हो । बालुवाटार, कलंकी र स्वयम्भू क्षेत्रमा पाइप बिछयाउने काम भइरहेको उनले जानकारी दिए । रिंगरोडका अन्य भागमा पाइप बिछयाउने काम सकिएको उनको भनाइ छ ।

रिंगरोड बाहिर बन्यो, भित्र बन्दै
रिंगरोड बाहिरको अधिकांश भागमा निर्माण सम्पन्‍न भइसकेका छन् । मण्डीखाटार र कपन एरियामा काम भइरहेको श्रेष्ठले बताए । उनी भन्छन्,' बाँकी ५ सय किलोमिटर भित्र रिंगरोड बाहिरको काम पनि पर्छ ।'आयोजनाको पाइप बिछ्याउने समयावधि १ वर्ष सम्मको छ । गतवर्षदेखि पाइप बिछयाउन सुरु गरिएको थियो । आयोजनाको काम ठेक्कामार्फत भइरहेको छ । सैलुङ र रमण जस्ता अन्य कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

पुरानो एक हजार किलोमिटरमा मध्येमा ७७० किलोमिटरमा पानीको परीक्षण भइसकेको श्रेष्ठले जानकारी दिए । परीक्षण भएका ठाउँबाट सहजै पानी वितरण गर्न सकिने उनको भनाइ छ । बिछाइएको ठाउँ वा बाँकी रहेका स्थानमा परीक्षण गरेर मात्र पानी वितरण गर्न सकिने उनले बताए ।

मेलम्चीको पानी नआएकाले टयाङ्करको पानी प्रयोग गरेर परीक्षण गरिरहेको उनको भनाइ छ । नयाँ ७६० किलोमिटर मध्येमा २५० किलोमिटरमा परीक्षण भइसकेको उनले प्रस्ट पारे । विभिन्‍न ठाउँमा पानी वितरणका लागि १० वटा ट्यांकी निर्माण भएका छन् । गत असार २०७८ मेलम्चीको पानी आउन बन्द भएकाले पानी वितरण पनि रोकिएको छ ।

खानेपानी मन्त्रालय र एडीबीले एकसाथ प्रतिवेदन अध्ययन
मेलम्चीको डाइभर्सन बाढीले बगाएपछि वर्षायाममा पानी ल्याउने प्रयास गरे पनि अहिले बन्द गर्नुपरेको मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए । वर्षा सुरु भएकाले जेठको दोस्रो सातादेखि पानी बन्द गरिएको हो । सुरुङ बन्द भएकाले मेलम्चीको पानी काठमाडौँ ल्याइएको छैन । मेलम्चीमा बाढी रोकिए पछि अस्थायी रुपमा पानी ल्याउन काम अगाडि बढाइने पन्तको भनाइ छ ।

'असार १ गते आएको बाढी आउने सम्भावना कति छ?  रोकथाम गर्न सकिन्छ सकिन्‍न । त्यसले पार्ने प्रभाव कस्तो छ भनेर अध्ययन गरेपछि पुनःनिर्माणको काम अगाडि बढाइने भनिएको थियो,' उनी भन्छन्,'  खानेपानी मन्त्रालय र दातृ  निकाय एशियाली विकास बैंकले गरिरहेको छ । प्रतिवेदन आउन बाँकी छ । अध्ययन भइसकेको छ । टेबल वर्क मात्र बाँकी छ । अन्तिम प्रतिवेदनले रोकथामका लागि कस्ता संरचना तयार गर्ने भन्‍ने जानकारी प्राप्त भएपछि मात्र अगाडि बढाइन्छ ।'

प्रतिवेदनसँगै डिजाइन पनि उल्लेख भएर आउने
प्रतिवेदनका केही बुँदामा रोकथामको लागि सम्भव रहेको उल्लेख छ । संरचनाको डिजाइन गरेर मात्र प्रतिवेदन बुझाउने भएकाले पुनः निर्माणमा केही समय लाग्ने उनको भनाइ छ । सबैथोक पुलदेखि बाटो नयाँ बनाइने पन्तले जानकारी दिए । 'अहिलेको अवस्था हेर्दा पूर्ण रुपमा नयाँ संरचना बनाउनु परेमा मेलम्चीको पानी काठमाडौँमा ल्याउन दुईदेखि तीन वर्ष लाग्‍न सक्छ,' उनले थपे,' कहाँ-कहाँ कुन-कुन संरचना बनाउनुपर्ने हो त्यसको निर्धारण प्रतिवेदनले अड्किएको छ ।'

पानी चुहावट रोक्न नयाँ पाइप लाइन निर्माण भइरहेको भनाइ छ । पुरानो संरचनाबाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी वितरण गरिरहेको उनले प्रस्ट पारे । धेरै पुरानो भएकाले ठाउँ-ठाउँबाट पानी चुहावट भइरहेको उनले बताए । पुरानोलाई विस्थापित गरी नयाँ निर्माण गरिएको उनले सुनाए ।

सुरुङमा समस्या नभएको उनले जानकारी दिए । मुख्य बाँधको हेडवर्क्स (मुहान) मात्र खराब भएको उनले सुनाए । 'सुरुङतर्फ पठाउने पानीको हेडवर्क्स खराब भएको छ,' उनी भन्छन्,' नदीमा बाँध बाँधेर वर्षायामामा थिग्राएर पठाउन मिल्ने संरचना छ । त्यति मात्र क्षति भएको हो । हेडवर्क्स मात्र कसरी बनाउने भन्‍ने हो । नयाँ बनाउने हो त्यसलाई मर्मत गर्ने भन्‍ने छ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x