पशुपतिमा फोटो खिच्दै हुनुहुन्छ ? जरिवानामा परिएला नि !
काठमाडौँ- पशुपति मन्दिरमा पुगेर फोटो खिच्दै हुनुहुन्छ ? होसियार हुनुहोला । मोबाइल जफत हुन सक्छ । पशुपति क्षेत्र विकास कोषले अबदेखि लुकेर फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गर्ने भएको छ ।
कोषका अनुसार तोके बमोजिम शुल्क लिने बैंकमा दाखिला गराइनेछ । शुल्क नतिरेमा फोटो खिच्न प्रयोग गरिएको उपकरण जफत गरिने कोषले बताएको छ ।
कोषले जारी गरेको सूचनामा लेखिएको छ,' जरिवाना बुझाएपछि खिचिएको फोटो तथा भिडियो हटाएर मात्र सो उपकरण दर्शनार्थीलाई फिर्ता गरिनेछ ।'
मोबाइल, कलम र घडीमा समेत क्यामेरा जडान गरिएको हुँदा कुनै पनि अवस्थामा मन्दिर परिसर र वरिपरिको फोटो खिच्न नपाइने सूचना टाँस गरिएको छ । अंग्रेजी र नेपाली दुवै भाषामा तथा सांकेतिक रुपमा फोटो खिच्न प्रतिबन्ध गरिएको कोषले उल्लेख गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया