समाज

दुई घण्टापछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

इकागज |
साउन २३, २०७९ सोमवार २१:१९ बजे

फाइल फोटो

चितवन - पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुई घण्टापछि सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा खसेको लेदोसहितको पहिरो पन्छाएपछि साँझ ७ः१५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।


आज अपराह्न ५ बजे खसेको पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
 


Author

थप समाचार
x