समाज

पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध

इकागज |
साउन २४, २०७९ मंगलबार ७:४६ बजे

तस्बिर सौजन्य : देवराज सुवेदी

सिन्धुपाल्चोक - लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ । ​जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरोमा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए । वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन ।
 



Author

थप समाचार
x