समाज

पहिरोले रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान र बेत्रावती मैलुङ सडक अवरुद्ध

इकागज |
साउन २५, २०७९ बुधबार ८:४९ बजे

काठमाडौँ - पहिरोले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान र बेत्रावती मैलुङ सडक अवरुद्ध भएको छ। 
पहिरोले जिल्लाको उत्तरगया गाउँपालिका-५ स्थित बेत्रावति-कालिकास्थान पक्की सडक पूर्णरूपमा अवरोध भएको हो । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बनुवामा पहिरो गएका कारण बिहानैदेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन् । पहिरो खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ। 



Author

थप समाचार
x