एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारबाही

काठमाडौं - ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेज देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् ।
बाँकी २ हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया