समाज

बिस्का जात्राको दोस्रो दिन : भैरव र भद्रकालीको रथमा पुजा

इकागज |
चैत २९, २०७७ आइतबार १६:१४ बजे

काठमाडौँ  : नयाँ वर्षको आगमनसंँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्राको दोश्रो दिन भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ ।  

स्थानीय भक्तजनहरुले बिहानैदेखि भैरव र भद्रकालीमा पूजाआजा गरेका हुन् । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्का जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् । जात्रा अवधिभर प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । बिस्का जात्राको रथ तान्ने क्रममा गएरात्री भएको ढुङ्गा हानाहानमा १९ जना घाइते भएका थिए ।


जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ । यसपछि चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रु नाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ । 


Author

थप समाचार
x