समाज

अमेरिकी सेनाले नेपाली सेनासँग भोलिदेखि एक महिनासम्म किन अभ्यास गर्दैछ ?

इकागज |
साउन ३०, २०७९ सोमवार २१:७ बजे

काठमाडौँ- नेपाली सेना र अमेरिकी सेनाको सैन्य अभ्यास मंगलबारदेखि एक महिनासम्म हुने भएको छ । साउन ३१ देखि भदौ ३१ गतेसम्म 'एक्स-ब्यालेन्स नेल  २२-५५३०' अन्तर्गत संयुक्त सैन्य अभ्यास हुने नेपाली सेनाले जनाएको छ ।

नेपाल सरकारको स्वीकृतिमा ३९ औ अभ्यास हुने भएको हो । श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा रेञ्जर गण र अमेरिकी सेना टुकडीबीच तालिम सुरु हुने लागेको छ । ८० जना नेपाली सेना र १६ जना अमेरिकी सेना तालिममा सहभागी हुने छन् । छाउनी र नगरकोटमा सैन्य अभ्यास हुने भएको छ ।


तालिमका लागि सैन्य सामग्री अमेरिकी सेनाको क्याप्टेन ब्ल्याक डुक्टेलले सोमबार लिएर आएको पनि सेनाले जानकारी दिएको छ । नेपाली सेना र अमेरिकी सेना बीचको संयुक्त अभ्यास २०६० सालदेखि हुँदै आएको छ ।


Author

थप समाचार
x