समाज

नेपालमै बनेको इ-भोटिङ मेसिन सार्वजनिक

इकागज |
साउन ३१, २०७९ मंगलबार १४:३६ बजे

काठमाडौँ- रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ-भोटिङ मेशिन) सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाइको पाँचौ संस्करण हो ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी इ-भोटिङ मेशिन सार्वजनिक र नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो । वर्षौदेखि प्रविधि अनुसन्धानमा खटिएका दाजुभाइ रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको मेसिनले निर्वाचनका लागि सहज हुने दाबी गरिएको छ ।


करिब एक दशक अघि नेपालमै उत्पादन भएको इ-भोटिङ मेशिनले हालसम्म १ सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ/संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको रामप्रसाद रिमालले बताए । यद्धपी, निर्वाचन आयोगले भने मेसिनबारे पटक-पटक कुरा राख्दा पनि चासो नदिएको उनले गुनासो गरे । त्यस्तै, लक्ष्मणप्रसाद रिमालले आगामी चुनावमा एक व्यक्तिले ४ वटा मतपत्रमा चिन्ह लगाउनुपर्ने हुँदा समय बढी लाग्ने तर इ-भोटिङ मेसिनमा औंलाले दबाउने भएकोले छिटो हुने दाबी गरे ।

उनले अहिलेसम्म अपांगता भएका व्यक्तिहरूले कसैको सहयोगबिना मेसिनबाट मतदान गरेको सुनाए । मेसिनले सिधै रिजल्ट देखाउने हुँदा नतिजाको लागि घण्टौंसम्म कुर्न नपर्ने उनको भनाइ छ ।


Author

थप समाचार
x