समाज

ढुवानी भाडा दर पेस गर्न नेपाल औषधि लिमिटेडको अनुरोध

इकागज |
साउन ३१, २०७९ मगलवार १६:३९ बजे

काठमाडौं– नेपाल औषधि लिमिटेडले भारतबाट गर्ने औषधि आयातकर्तालाई ढुवानी दरको सूची बुझाउन अनुरोध गरेको छ । 

लिमिटेडले सूचना जारी गरी ढुवानीकर्तालाई २०७९ साउनदेखि २०८० आषाढ मसान्तसम्मका लागि ढुवानी भाडा दर पेस गर्न अनुरोध गरेको हो । सूचना प्रकाशित भएको १५ दिनभित्र लिमिटेडले कार्यालयमा पेस हुन आउने दररेट मध्ये छनोट गरेको ट्रान्सपोर्ट कम्पनीसँग ढुवानी करार सम्झौता गर्ने भएको छ । तोकिएको समयभित्र ढुवानी सम्झौता नगर्ने कम्पनीको धरौटी जफत हुने लिमिटेडले जनाएको छ । 


ढुवानीकर्ताले औषधि लिमिटेड संग सम्झौता गर्दा कम्पनी दर्ता प्रमाण पत्र, कर चुक्ता प्रमाण पत्र दररेटका साथ पेस गर्नुपर्ने छ । तोकिएको भाडा दर सम्झौता अवधि भर परिवर्तन नहुने कुराको पनि जानकारी गराइएको छ । 

भारतका विभिन्न स्थानबाट चलान भएर खरिद गरिएका विविध सामानहरू काठमाडौंसम्म ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनी हुनुपर्नेे छ । 

सामान खरिद गर्ने सप्लायर्सले सामान डिस्पयाच गर्ने स्थानबाट सामान उठाउनुर्पे र टेन्टेटिभ सामान सीमा नाकासम्म आईपुग्ने समयको समेत जानकारी दिनुपर्ने छ । लिमिटेडले भन्सार पास गर्न आवश्यक पर्ने कागजपत्र समेत उपलब्ध गराउने छ । 

आयातकर्ताले समयमै सुरक्षित तवरले ढुवानी गर्नुपर्नेे छ । डिस्पयाच भएको सामान बिग्रेको, सडेको, फुटेको भाँचिएको वा अन्य कारणले नपुग भएमा ट्रान्सपोर्ट कम्पनीले औषधि लिमिटेडलाई  जानकारी गराउनुपर्ने छ । 

क्षति भए बराबरको बीमा दाबी गर्न आवश्यक कागजपत्रहरु उपलब्ध गराउनुपर्नेछ । कस्टम किल्यरेन्स सम्बन्धी काम सम्बन्धित ट्रान्सपोर्टले स्वयं वा अन्य किल्यरिङ एजेन्ट मार्फत नै गराउनुपर्ने र सो रकम लिमिटेडले भुक्तानी गर्नेछ । 

एसओआरटी एचटिइटी क्लियरिङ र फर्वार्डिङ चार्ज, भारतीय कस्टम चार्ज, नेपाल कस्टम क्लियरेन्ससम्बन्धी देहाय बमोजिमको ढुवानी दर तालिका भरी पेस गर्नुपर्नेछ । 
ढुवानी सम्झौता गर्नुपूर्व ढुवानी कर्ताले क श्रेणीको वाणिज्य बैंकबाट जारी भएको एकलाख रुपैयाँको एक वर्ष भ्यालिडिटि रहेको बैंक ग्यारेन्टी पेस गर्नुपर्ने बताइएको छ। 
दुवानी गरी काठमाडौं स्थित ट्रान्सपोर्ट गोदामना सामान आईपुगे पश्चात्  लाग्ने भाडा पनि भुक्तानी गर्नुपर्नेछ । लिमिटेडले आफ्नो खर्चमा सामान उठएर लैजाने छ ।  
 


Author

थप समाचार
x