ट्राफिकद्वारा हराएका २५ सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ वटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच १६ वटा मोटरसाइकल र नौ वटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले हस्तान्तरण गरेका हुन् ।
उपत्यका र यस आसपासको ईलाकामा अपरेसनमा गएर विशेष सूचना संकलन गरेको ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।
मोटरसाइकल तथा स्कुटरहरु बरामद गरेर चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयहरुमा पठाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने बताइएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया