समाज

रेडक्रस काठमाडौँले १० दिनसम्म फोहोर सफा गर्ने

इकागज |
भदौ ३, २०७९ शुक्रबार १०:२८ बजे

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले सडकमा थुप्रिएको फोहोर सफाइ गरेको छ । शुक्रबार बिहान करिब दुई महिनादेखि काठमाडौँ महानगरपालिकाभित्रको सडकमा थुप्रिएको फोहोर काठमाडौ शाखा सफाइ गरेको हो ।

सडकमा छरप्रष्ट भएका फोहोर उठाएर प्लाष्टिकको थैलोमा राखी महानगरपालिकाको गाडीमा राखी पठाएको शाखाका सभापति श्याम डोटेलले जानकारी दिए । उनका अनुसार यो अभियान १० दिनसम्म रहनेछ । यो सफाइ कार्यक्रम दैनिक २ घण्टासम्म जारी रहनेछ ।


सफाइ कार्यक्रममा ५० जना सहभागी हुने उनको भनाइ छ । फोहोरका कारण विभिन्न खालका रोग फैलने  र वातावरण दुर्गन्ध हुने भएकाले सफाइ चलाएको डोटेलले बताए ।

'सहरमा थुप्रिएको फोहोरले हाम्रो मानव सभ्यतामा असर पर्ने देखिसकिएको छ,' सभापति डोटेलले भने,' रेडक्रस जस्तो मानवीय संस्थाले पनि यस्ता काममा झनै सहयोग गर्नुपर्छ ।'


Author

थप समाचार
x