समाज

स्‍वर्गद्वारी जीप दुर्घटना: मृतकको संख्‍या ५ पुग्‍यो (नामावली)

इकागज |
बैशाख १, २०७८ बुधबार १५:१ बजे

बुटवल : नयाँ वर्षको छुट्टी मनाउन गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको कर्मचारी सवार जीप दुर्घटनामा मृत्‍यु हनेको संख्‍या ५ पुगेको छ । गुल्मीका कर्मचारीहरू सवार लु १ ज १६५५ नम्बरको जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना भएको हो । दुई जनाको घटनास्‍थलमै मृत्‍यु भएको थियो भने ३ जनाको उपचारका क्रममा मृत्‍यु भएको हो । 

दुर्घटनामा कम्तीमा १० जना घाइते भएका छन् । घाइतेहरूलाई भिंग्रीस्थित स्वास्थ्य चौकीमा पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिए। अन्य केहीको अवस्था पनि गम्भीर रहेको उनले बताए ।


मृतक 
१.श्यामलाल न्यौपाने, प्रशासकीय अधिकृत जिल्ला प्रशासन कार्यालय गुल्मी
२.ईश्वरी भण्डारी
३. सुर्य पन्थी
४.यमलाल पन्थी
५.केशव कार्की

गाडी चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा र अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भिंग्रीका प्रहरी नायव निरीक्षक  बुद्धिप्रसाद रानाले जानकारी दिए। जीप सडकदेखि करिब ६० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार छन् । त्यस्तै, २३ वर्षीय सुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, उनकी ४ वर्षीय छोरी निकिता पौडेल,  ३० वर्षीय गीता मुखियाँ उनकी १२ वर्षीय छोरा अनिस मुखियाँ, २४ वर्षीय तारा भडारी बोहरा, उनकी ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे छन् । घातेको हेलिकप्टरवाट उद्दार गरिदै छ । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लैजान लागिएको हो ।


Author

थप समाचार
x