समाज

यसरी भेटियाे हराएकाे टुकुचा खाेला [फाेटाे फिचर]

इकागज |
भदौ ३०, २०७९ बिहिवार १९:३० बजे

काठमाडौं– बिहीबार राजधानीकाे हात्तीसारमा रहेकाे जयनेपाल सिनेमा घरकाे कम्पाउण्ड खाेतल्दै जाँदा हराएकाे टुकुचा खाेला भेटियाे । काठमाडौं महानगरपालिकाको डोजर हात्तीसारस्थित जय नेपाल हल पुगेको थियो । डोजरले हलको कम्पाउण्ड खोतल्दै थियो । निस्कियो खोला।

१५ फिट गहिराे खाडल खन्दै हराएकाे खाेला फेला परेकाे थियाे ।


महानगर हराएको टुकुचा खोज्दै थियो । त्यसैका लागि आज हलको कम्पाउण्ड खोतलेको हो । खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला परेको महानगरले जनाएको छ । फेला परेकाे खाेला सलल बगिरहेकाे देख्न सकिन्छ ।

यसअघि महानगरले  खोलाको बहाव क्षेत्र पत्ता लगाउन सूचना जारी गरेको थियो ।


Author

थप समाचार
x