समाज

सामाजिक विकास समितिको ७० प्रतिशत सफलता

इकागज |
असोज १, २०७९ शनिवार १८:७ बजे

सुर्खेत । कर्णाली प्रदेश सभाकोे सामाजिक विकास समितिले पाँच वर्षको कार्यकालमा ७० प्रतिशत सफलता प्राप्त गरेको बताएको छ । आज समितिको पदावधिको अन्तिम दिन समितिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष देवी ओलीले यस्तो बताएकी हुन् । 

पाँच वर्षको अवधिमा जम्मा १२४ ओटा वैठक बसेको वलीले बताइन् । ती वैठक मध्ये १५ ओटा वैठकबाट सरकारलाई विभिन्न ७५ बुँदामा निर्देशन दिएको वलीले बताइन् । ती दिइएको निर्देशन मध्ये सरकारले ७० प्रतिशत निर्देशन पालना गरेको अध्ययनले देखाएको उनको भनाइ थियो । 


उनका अनुसार पाँच वर्षको अवधिमा सामाजिक विकास मन्त्री १५ पटक, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीलाई १७ पटक वैठकमा बोलाईएको थियो । यस्तै, विभिन्न विधेयकमाथि विज्ञको राय लिन चार पटक भर्चुअल माध्यमबाट र चार पटक भौतिक रुपमा नै सुझाव लिने काम गरिएको छ । 

‘विभिन्न १६ ओटा स्थानमा हामीले यो अवधिमा स्थलगत अध्ययन तथा अवलोकन गरेका छौं’ उनी भन्छिन्, ‘दुई वर्षको समय कोभिडले असर पारेपनि हामीले त्यो अवधीमा समेत भर्चुअल माध्यमबाट काम गरेका हौं, हाम्रो समितिमा पर्वतिय विश्वविद्यालय र सिंजा सभ्यता विधेयक मात्रै रहेका छन् । अब ति विधेयकहरु आजै राती देखि निस्क्रिय बन्ने छन् ।’ समितिको पहिलो वैठक २०७५ वैशाख १७ गते बसेको थियो भने अन्तिम वैठक २०७९ साल भदौ २७ गते बसेको समितिका सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।


Author

थप समाचार
x