समाज

मौसम पूर्वानुमान

सुदूरपश्चिम र लुम्बिनीमा बिहानैदेखि वर्षा, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

इकागज |
असोज २, २०७९ आइतवार ६:४७ बजे

फाइल तस्बिर

काठमाडौं - बिहानैदेखि सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।


सोमबार लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।


Author

थप समाचार
x