समाज

मन्त्री कुँवर र राज्यमन्त्री सोडारीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

इकागज |
असोज २, २०७९ आइतबार २१:२१ बजे

अछाम- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री  बलबहादुर सोडारीले  कमलबजार नगरपालिका,  तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएका छन् । 

मृत्यु भएका सात परिवारलाई सरकार तर्फबाट ७ लाख रुपैयाँ र मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृतकका परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरेका हुन् । 


राहत वितरण गर्दै मन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने बताए ।

राहत वितरण अघि श्रम मन्त्री कुँवर र राज्यमन्त्री सोडारीसहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनी बाढीबाट प्रभावित चार वटै स्थानको स्थलगत समेत अध्ययन गरेका थिए । आज थोरै मात्रामा राहत उपलब्ध गराएको पीडित परिवारको लागि आवस्यकता राहतको लागि भोलिबाट नै उपलब्धता गराउने उनले जानकारी दिए । 

कमलबजार नगरपालिका,  तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्नदेखि अन्य आवस्यक सामग्री केन्द्र सरकारबाट सहयोग गरिने उनले बताए । 

शुक्रबार राती आएको अविरल वर्षका कारण ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २३ जनाको मृत्यु भएको थियो ।


Author

थप समाचार
x