समाज

त्रिभुवन राजपथकाे बागझोरामा यातायात अवरुद्ध

इकागज |
असोज ३, २०७९ सोमबार १८:४६ बजे

मकवानपुर- सोमबार साँझ परेको वर्षासँगै आएको बाढीका कारण त्रिभुवन राजपथ अन्तरगत पर्ने बागझोरामा यातायात अवरुद्ध बनेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ स्थित बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रनुका साथै पानीको सतह बढेकोले दुवै तर्फका यात्रुबाहक सवारी साधन बीचमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


उक्त स्थानमा प्रहरी चौकी भैंसेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको छ । बाढीका कारण हेटौंडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, फाखेल–कुलेखानी सडकखण्ड र सिस्नेरी सडकखण्डमा संचालन हुने सबै सवारीसाधन रोकिएको छ ।


Author

थप समाचार
x