समाज

वीरगञ्ज नाकाबाट अर्जेन्टिनाका दुई नागरिक नियन्त्रणमा

इकागज |
असोज ४, २०७९ मंगलबार १९:२ बजे

वीरगञ्ज- पर्साको वीरगञ्ज नाकाबाट बिनाअनुमति नेपाल हुँदै भारत जाने क्रममा दुई अर्जेन्टिनाका नागरिकलाई आज वीरगञ्जस्थित अध्यागमन कार्यालयबाट नियन्त्रणमा लिइएको छ । 

वीरगञ्जस्थित अध्यागमन कार्यालयका अनुसार भारत जानुपूर्व अध्यागमन कार्यालयमा बाहिर जाने अनुमति लिन (स्ट्याम्प लगाउन) आएका एक महिला र एक पुरुषलाई नेपाल प्रवेश अनुमति नभएका कारण नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो । नियन्त्रणमा लिएका नागरिकमा पासपोर्ट नं एएसी १८७५५८ भएको पब्लो ग्वस्ताभो लोहोज र पासपोर्ट नं एएजी ९५६४१६ भएको मेलानी डिसेरी डिफाजियो रहेको अध्यागमन कार्यालयले जनाएको छ । 


बिनाअनुमति ८६ दिन नेपाल बसेका उनीहरूलाई अध्यागमन विभाग पठाइएको वीरगञ्जस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागत सहायक लिलबहादुर विष्टले जानकारी दिए । सन् २०२२ जुन २७ मा भारतको सुनौली नाकाबाट आउट स्ट्याम्प लगाई बिनाअनुमति नेपाल प्रवेश गरी नेपालका विभिन्न ठाउँमा ८६ दिन भ्रमण गरेर फर्कने क्रममा नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो ।


Author

थप समाचार
x