समाज

बागलुङमा १९ वर्षीय युवक बेपत्ता

इकागज |
असोज ४, २०७९ मंगलबार १९:० बजे

फाइल फोटो

बागलुङ  - निसीखोला गाउँपालिका–१ का १९ वर्षीय दीपक विक १९ दिनदेखि बेपत्ता भएका छन् । गत भदौ १६ गते घरबाट निस्किएका उनी अहिलेसम्म परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् । 

परिवारको सम्पर्कमा नआएपछि विकका बुबा दुर्गाबहादुरले भदौ १७ गते  खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए । 


प्रहरीले उनको खोजतलास जारी राखिको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । विकको खोजतलासमा ढिलाइ भएको गुनासो गरेको छ ।
रासस


Author

थप समाचार
x