समाज

खैरो हेरोइनसहित ६ जना पक्राउ

इकागज |
असोज ४, २०७९ मगलवार २०:३० बजे

चितवन- लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । १० ग्राम ५०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ६ जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

सोमबार राति जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं. १५ सूर्यनगर च्यानडाँडाबाट सो परिमाणमा लागू पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।


उनीहरूको साथबाट स्टिलको थाल थान-२, अर्ध जलेको अवस्थामा ९ थान (रु ५ को रु १० को गरी ) जम्मा ६० रुपैयाँ, लाइटर थान-४, चुरोट-१२ खिली साथै, टुक्रा पारेको अवस्थाको व्लेड ८ टुक्रा, सिक्का ३ वटा, प्लाष्टिकको स-साना टुक्रा काटि पुरिया बनाई प्याकिङ गरी राखेको अवस्थामा १५५ वटा पुरियामा लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष २२ का सन्तोष परियार, सोही महानगर वडा नं. १९ बस्ने वर्ष २२ का यमबहादुर आले मगर, लमजुङ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नं. २० बस्ने वर्ष ३० का तुलबहादुर गुरुङ, भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष २३ का प्रशन्न गुरुङ, नवलपरासी देवचुली न.पा. वडा नं. १५ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १५  बस्ने वर्ष २३ का चेतबहादुर क्षेत्री, र भरतपुर महानगरपालिका वडा नं. २७ मेघौली बस्ने वर्ष ३६ का सुरेश महतो रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x