समाज

टीआई नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित

इकागज |
असोज ७, २०७९ शुक्रबार १७:४८ बजे

काठमाडौँ– ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको पद्मिनी प्रधानाङ्गलाई अध्यक्ष पदमा पुनः निर्वाचित गरेको छ ।​

टीआईको शुक्रबार भएको साधारण सभाबाट कार्य समितिका सदस्यहरू पनि चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा सबिता भण्डारी बराल, शरच्चन्द्र वस्ती, सिताराम अग्रहरी, हरिबहादुर थापा, मदनकृष्ण शर्मा, महेन्द्रनारायण श्रेष्ठ, सुनिता गुरुङ र राष्ट्रिय व्यवसायिक पहललाई निर्वाचित गरेको हो ।


अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका हुन् । ९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ ।


Author

थप समाचार
x