समाज

जेठसम्म चट्याङ पर्ने, यी हुन् जोगिने उपाय (भिडियोसहित)

इकागज |
बैशाख ४, २०७८ शनिबार १७:२६ बजे

काठमाडौँ : प्रि-मनसुनको समयमा चट्याङ धेरै पर्ने भएकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन् । प्रि-मनसुन अर्थात चैतदेखि जेठसम्मको समयमा धेरै चट्याङ पर्ने सम्भावना रहेकाले यो समयमा सतर्क रहनुपर्ने मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार अपरान्हपछि चट्याङसहित मेघगर्जन, हावाहुरी आउने भएकाले सकेसम्म घरबाहिर हुँदा सतर्क रहनुपर्ने मौसमविद पोखरेलले बताइन् । ‘प्रिमनसुन र मनसुनको समयमा प्राय अपरान्हपछि चट्याङ पर्ने सम्भावना धेरै हुन्छ’ उनले इकागजसँग भनिन्, ‘त्यसैले यो समयमा घरबाहिर हुँदा आफू सतर्क हुनुपर्छ ।’


मौसमविद पोखरेलका अनुसार चट्याङबाट बच्न घरभित्रै बस्ने, बाहिर भएको बेला रुखको मूनि भन्दा खुल्ला चौरमा टुक्रुक्क बस्ने गर्नुपर्छ । यसका साथै चट्याङ परेका बेला टेलिफोनमा कुरा गर्नु हुदैन ।

चट्याङ परेका बेला विद्युतीय सामग्री चलाउनु जोखिमपूर्ण मानिन्छ । वायुमण्डलमा हावा तातेपछि बेलूकीको समयमा विद्युतीय तरंग उत्पन्न भइ चट्याङ पर्ने मौसमविद पोखरेलको भनाई छ । शुक्रबार परेको चट्याङका कारण भोजपुर, तेह्रथुम र बाग्लुङमा तीन जनाको मृत्यु भएको थियो । 

भिडियोमा हेर्नुहोस चट्याङबाट बच्ने उपाय 

 


Author

थप समाचार
x