समाज

पहिरो पन्छाइयो, महाकाली लोकमार्ग सञ्चालन

इकागज |
असोज ९, २०७९ आइतवार २१:२८ बजे

फाइल तस्बिर

खलङ्गा- महाकाली लोकमार्गअन्तर्गत  गोकुलेश्वर खलङ्गा सडकखण्डको शैल्य शिखर नगरपालिका पनेबाज क्षेत्रमा आइतबार खसेको पहिराेका कारण अवरुद्ध महाकाली लोकमार्ग १२ घण्टापश्चात् सञ्चालनमा आएको छ ।

दार्चुलाको गोकुकेश्वर खलङ्गा सडकखण्डअन्तर्गत पनेबाज क्षेत्रमा खसेको पहिरो ठेकेदारको स्काइभेटर र डिभिजन सडक पाटन बैतडीको लोडरले पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत मगरले जानकारी दिए ।


स्काइभेटर र लोडरले पहिरो पन्छाएपछि लामो तथा छोटो दूरीका सवारी साधनहरु आ–आफ्नो गन्तव्यका लागि  चल्न थालेका छन् । लोकमार्ग अवरुद्ध हुँदा दार्चुला काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुराका लागि छुटेका सवारी साधनहरु ठप्प भएका थिए ।

उक्त क्षेत्रमा पहिरो आएर फेरि सडक बन्द हुने सम्भावना रहेको छ । सडक डिभिजनका सुपरभाइजर राजेन्द्रसिंह धामीका अनुसार सडक भासिएको ठाउँमा तलतिर पर्खाल लगाउन नमिल्ने भएको कारण ब्याक कटिङ गर्नुपर्ने र कटिङ गरिसकेपश्चात् सडक पूर्णरूपले सञ्चालन हुनेछ।
 


Author

थप समाचार
x